धनु राशि

धनु राशि (Sagittarius) राशि चक्रको नवौँ राशि हो। यसको क्षेत्र २४० देखि २७० डिग्रीसम्म रहन्छ। मूल नक्षत्र: (ये, यो, भो, भी), पूर्वषाढा नक्षत्र: (भू, ध, फा, ढा), उत्तरषाढा नक्षत्र: (भे), अक्षरको मिलनबाट बनेको हुन्छ। यसको सांकेतिक चिह्न धनुष–बाण लिएका व्यक्ति अथवा धनुर्धरको आकृति हो, जसमा आधा मानव र आधा अश्वाकार स्वरूप देखिन्छ। खगोलीय मण्डलमा यस राशिको दिशा पूर्व मानिन्छ। यो विषम, पुरुष तथा द्विस्वभाव राशि हो। यो सौम्य, क्रूरधर्मा, चञ्चल, बाल्यावस्थासूचक, पीत वर्ण, सत्त्वगुण प्रधान, अग्नि तत्वयुक्त, अल्प सन्तानयुक्त, क्षत्रिय जाति, पृष्ठोदयी तथा गुप्त स्थानमा उदय हुने राशि हो। कालपुरुषको अङ्गका रूपमा यसले जाँघलाई सूचित गर्छ। यस राशिमा केतु उच्च फल दिने र राहु नीच फल दिन्छ। भाग्येश सूर्य, लाभेश शुक्र र धनेश शनि हुन्छन्। स्टेशनरी, अदालत, धार्मिक, पूजा स्थल, विद्यालय, कलेज, राजनैतिक कार्यक्रमको क्षेत्रमा विशेष प्रभाव रहन्छ। प्रभावशाली, चम्किला र भविष्यप्रति आशावादी, स्वतन्त्रता प्रेमी, साहसी, शिक्षा, दर्शन र नयाँ अनुभवप्रति उत्सुक, आशावादी, उत्साही, ठूलो सोच राख्ने, इमानदार, मिलनसार र ज्ञान खोज्ने हुन्छ। नियम र बन्धनमा रहन्छन्। 

  • तत्त्व (Element): अग्नि तत्त्व (Fire Element) – ऊर्जावान, उत्साही र परिवर्तनशील।
  • स्वामी (Ruling Planet): बृहस्पति (Jupiter) – ज्ञान, धर्म, भाग्य, समृद्धि र शिक्षाको कारक ग्रह।
  • प्रकृति (Nature): (Dual Face), प्रतीक-धनु, वश्य-मनुष्य, लिङ्ग-पुरुष, गुण-सात्त्विक, वर्ण-क्षत्रिय, बली समय-रात्रि, उदय स्थिति-पृष्ठोदय, शरीरमा स्थान-जाँघ, कम्मर
  • Lucky Number: 3, 9, 12, 21, 30…… (All bring to 3 Number)
  • Lucky Color: Yellow, Orange
  • Lucky Day: Thursday
  • Lucky Direction: East
  • Unlucky: West, मीन राशि (Pisces), Friday
  • यन्त्र: बृहस्पति, सरस्वती यन्त्र
  • रुद्राक्ष: 5 मुखी रुद्राक्ष
  • Habit (स्वभाव): आशावादी, उदार, दयालु, परोपकारी, धार्मिक/आध्यात्मिक, न्यायप्रिय, मिलनसार, हँसमुख, इमानदार, लेखक, दार्शनिक, साहित्यकार परोपकारको धार्मिक र दानी उपदेशक
  • Positive Point: उत्साही स्वभाव, नेतृत्व क्षमता, साहसिक निर्णय लिने, सहानुभूति राख्नसक्ने क्षमता भएको, सन्तान सुख प्राप्त, मानसम्मान प्राप्त,
  • Negative Point: छिट्टै निर्णय लिने, वाचा पूरा नगर्ने वा प्रतिबद्धता कम, अतिसाहसी वा जोखिमपूर्ण व्यवहार, आलसी वा आरामप्रेमी, भावनात्मक रूपमा अस्थिर हुन्छन्।
  • Lucky Gemstone: पुखराज (Yellow Sapphire)
  • Weight: 5 देखि 9 Carat को पुखराज रत्नलाई पञ्चधातु वा सुनमा धारण गर्नुपर्छ।
  • Finger: दाहिने हात (Right Hand) को चोरी औँला (Index Finger) मा धारण गर्नुपर्छ।
  • पुखराज रत्न धारणको फाइदा: स्मरण शक्ति बढाउन र मानिसलाई ज्ञानी बनाउन, महिलाहरूका लागि विवाहमा ढिलाइ हटाउन र वैवाहिक जीवनमा मिलाप, सन्तान प्राप्ति, कलेजो (Liver) र पाचन प्रणालीसँग सम्बन्धित समस्या हटाउन, मानसिक तनाव कम गर्न
  • Note: विधिवत् प्राण प्रतिष्ठा गरेर विहीबारको दिन धारण गर्नुपर्दछ।

धनुराशि हुनेलाई वृष राशि शत्रु हुन्छ। यस राशिका व्यक्तिको आँखामा विशेष चमक हुने, जातक वुद्धिमान्, मेधावी, विवेकशील, सदाचारी, स्पष्टवक्ता, वचनमा दृढी, परोपकारी, तीव्रबुद्धि भएको, विश्वासी, गम्भीर, दयालु, हाँस्यव्यङ्गमा भागलिने, धर्म, कानून, विज्ञान, दर्शन, काव्य, साहित्य, गुप्त विद्या तथा कला जान्ने भएको, कार्यकुशल, साहसी, विख्याता, कुनै पनि विषयमा शीघ्र निर्णय लिनसक्ने क्षमता भएको हुन्छ। निर्णय लिनुभन्दा पहिले धेरै सोचविचार गर्ने, कठीन समस्याको समाधान सजिलैसँग गर्नसक्ने हुन्छ। अर्काप्रति सहानुभूति राख्नसक्ने क्षमता भएको, अत्यन्त कल्पनाशक्ति भएको, उदार, भावनात्मक, अस्थिर प्रवृत्ति, सुशिक्षित, शान्त, विनम्र भावना, यशस्वी एवं पुरुषार्थी तथा आफ्नो जीवनको मानप्रतिष्ठा वृद्धि गर्न सदा तल्लीन हुन्छन्। राशि स्वामीको हिसाबले पूर्व-उत्तरको बसाइ, पेशा, रोजगार राम्रो हुन्छ। धनु राशि हुने व्यक्ति महात्मा, समाजसेवी, ज्ञानी विवेकशील हुने गर्दछ। ब्राह्मण जाति र जाँडरक्सी नखाने मानिसको संगत गर्नु राम्रो मानिन्छ। उमेरको १६ वर्षमा भाग्योदय हुने हुन्छ अर्थात् १६ वर्षदेखि उन्नति प्रगतिहरु गर्नेछ। धार्मिक यज्ञहरुमा आफूलाई समावेश गर्न मनलाग्ने हुन्छ। आफूलाई पढाउने गुरुलाई आदर सम्मान गर्ने। तिथिमा तृतीया, अष्टमी, त्रयोदशी तिथिले अशुभ फल दिनेछन्। सोमबार अशुभदायक हुनेछ।

पढाई
Philosophy, Spy, Data Science, CA, Higher Education, Major Nepali, Computer, Software Development, Engineer, Pilot, Gastroenterologist Doctor (ग्यास्ट्रिक, पाचन प्रणाली तथा आन्द्रा सम्बन्धी विशेषज्ञ), Hepatologist Doctor (कलेजो रोग विशेषज्ञ), Nephrologis Doctor (मिर्गौला, पिसाब रोग विशेषज्ञ) क्षेत्रकाे पढाइमा सफलता मिल्दछ। Radiologist Doctor (एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, MRI), कानुन (Law), संस्कृत, यात्रा सम्बन्धित विषय

रोग
Liver, Kidney, Uric Acid, Digestive System, Acidity, पेटसम्बन्धी रोग, अपच, पेट दुख्ने, क्यान्सर, रोगमा दम, श्वासप्रश्वास सम्बन्धी सबै रोगहरु

कार्यक्षेत्र
Advocate, Lawyer, Income Tax Field, Criminal Judge, सल्लाहकार आदि। शिक्षण, प्राध्यापन, ज्योतिष, कानुन, दर्शन, यात्रा, पर्यटन, खेलकुद, सेना, प्रहरी, प्रकाशन, लेखन, अन्तर्राष्ट्रिय व्यापार, आध्यात्मिक/धार्मिक क्षेत्र वा NGO, Stationery, धार्मिक पुस्तक तथा पूजा सामग्री, सुन, पहेलो वस्त्र, पहेलो रंग, नेतृत्व भूमिकामा सफल हुन्छन्। चनाको दाल, सरस्युँ, गहुँ, जौ र केराको व्यापार व्यवसाय राम्रो हुन्छ।

वैदिक मन्त्र
ॐ बृहस्पतेऽअति यदर्योऽअर्हाद्युमद्वि भातिक्क्रतु मज्जनेषु।
यद्दीदयच्छवसऽऋत प्रजाततदस्मासु द्रविणं धेहि चित्रम्॥

बिज मन्त्र
ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम:

तान्त्रिक मन्त्र
ॐ बृं बृहस्पतये नम:

गायत्री मन्त्र
आङ्गिरसाय विद्महे दिव्यदेहाय धीमहि। तन्नो जीव: प्रचोदयात्॥

शान्तिको सरल र प्रभावकारी उपायहरू

  • विहिवारको दिन पहेँलाे वस्तु (केरा, चना, हल्दी) दान गर्नुहोस्। 
  • पुखराज रत्न धारण गर्नुहोस् 
  • भगवान विष्णु वा गुरुको पूजा गर्नुहोस्, विष्णु सहस्रनाम वा गुरु स्तोत्र पाठ गर्नुहोस्। 
  • घरमा शालिग्राम राख्नुहोस् वा हल्दीको गांठ पीत कपडामा बाँधेर राख्नुहोस्। 
  • गुरुवार ब्रह्म मुहूर्तमा ध्यान/योग गर्नुहोस्। 
+977-9844768353 +977-9823646855