मङ्गल (Mars) ग्रह पृथ्वीभन्दा आकारको हिसाबले झण्डै आधा सानो छ। यसको व्यास ४२२० माइल (Miles) रहेको छ। वजनको हिसाब गर्दा मङ्गलको तौल पृथ्वीको भन्दा दश गुणा कम छ। पृथ्वीमा ३ सय ६५ दिनको एक वर्ष हुन्छ तर मङ्गल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ। यसको मतलब मङ्गलले सूर्यको एकपटक परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। मङ्गल ग्रहमा २४ घण्टा ३७ मिनेटको एक दिन हुन्छ।
ग्रह मेष र वृश्चिक राशिको स्वामी ग्रह मङ्गल हो र यिनकी पत्नी भ्रामरी हुन्। सप्त वर्षाणि मङ्गले बिंशोत्तरी दशामा मङ्गल ७ वर्ष चल्दछ। नागश्च तमऽर्कशून्यं त्रिभागी दशामा मङ्गल ४ वर्ष ८ महिना चल्दछ। मङ्गल ग्रह अशुभ हुँदा रिसाहा, जिद्दी, चोर, अपराधी र असामाजिक बनाउँछ। मङ्गल ग्रह पृथ्वीको पुत्रग्रह हो र यो रातो रङको हुन्छ। मङ्गलले पराकर्मी, सेनापति, अगुवा, सर्जन, डाक्टर, इन्जिनियर, खेलकुद र प्राविधिक क्षेत्रमा सफलता दिलाउँछ र मङ्गल अशुभ भएर बस्दा चोटपटक लाग्ने र Accident भइरहन्छ साथै आगोको डर हन्छ। मङ्गल ग्रहको प्रभावले विशेष वैवाहिक जीवन झगडा र क्लेश हुन्छ। यसले भूमि सम्बन्धी कार्य र सफ्टवेयर इन्जिनियरिङमा सफलता दिलाउँछ। मङ्गल ग्रह शनि/राहु/केतुसँग योग गरेर बस्दा यसले झगडाहरू, अरुलाई लडाई गराउने, झुट बोल्ने, अनावश्यक डर देखाउने, भ्रष्ट र कुकर्मी बनाउँछ। यस ग्रहबाट भाइ हुने वा नहुने, पुत्र जन्मन्छ वा जन्मदैन, न्यायाधीश, सेना, आर्मीको क्षेत्रमा के कस्तो हुन्छ भन्ने कुराको जानकारी प्रष्टसँग जनाउँछ। हड्डी टुट्ने, रगतमा केही रोग देखा पर्ने, मङ्गल ग्रह अस्वभाविक रूपमा शनि/राहु/केतुसँग योग गरेर पञ्चम भावमा प्रभाव पार्दा बच्चा जन्मँदै-मर्दै गर्ने, ठूलो Accident मङ्गल ग्रहले पार्दछ।
जन्म कुण्डलीमा मङ्गल ग्रह नीच, पाप ग्रहबाट पीडित वा अशुभ भावमा रहेको छ भने यसका प्रभाव यस प्रकार देखिन्छन्ः दुर्घटना, चोटपटक, शल्यक्रियाको सम्भावना, अत्यधिक रिस र आक्रामक स्वभाव, पारिवारिक जीवनमा कलह र तनाव, शत्रुबाट पराजय, मुद्दा-मामिला र जग्गा-जमिन सम्बन्धी विवाद, ऋण र आर्थिक अस्थिरता, रगत, आगो र हतियारसँग सम्बन्धित समस्या हुन्छ।
कार्यक्षेत्र
Army, Police, Property Dealing, Electronics Related, Sports, Fire, Brigade, War Zone, दाल, जग्गा, अचल सम्पत्ति, तामाका वस्तुहरू आदि।
मङ्गलको अन्यनामहरू
अङ्गारक, भौम, मङ्गलयान, फोबोस र डेमोस
मङ्गलको मित्र ग्रह
सूर्य र गुरु हो, मङ्गलको सम ग्रहः शुक्र र शनि हो र मङ्गलको शत्रु ग्रहः बुध मात्रै हो।
जसको जन्म कुण्डलीमा भौम ग्रह स्वगृही, उच्च भई केन्द्रगत छ भने रुचक योग बन्दछ। पशुनाशाय मङ्गले॥ अर्थः २।४।१० मङ्गल भए पशुहरूको नाश गर्दछ। जातं जातं कुजो हन्यात् सहजस्थानसंस्थितः॥ अर्थः तृतीय भावमा मङ्गल भएमा भाईको नाश गर्ने हुन्छ।
शुभ मङ्गल ग्रहको प्रभाव
मङ्गललाई सेनापति ग्रह मानिन्छ। शुभ अवस्थामा यसले व्यक्तिलाई साहसी र नेतृत्वकर्ता बनाउँछ। साहस, आत्मविश्वास र पराक्रममा वृद्धि हुन्छ। सेना, प्रहरी, इन्जिनियर, खेलकुद वा प्राविधिक क्षेत्रमा सफलता मिल्छ। नेतृत्व क्षमता, कम्पनी, प्रशासन र राजनीतिमा उच्च पद प्राप्त हुन्छ। इच्छाशक्ति दृढ हुन्छ, रिक्सवाला काम गर्ने। जति थोरै कमाए भएपनि घडेरी किन्ने हुन्छ। सूर्य र बुधसँग मङ्गल रहेको अवस्थामा मङ्गल अझ शुभ हुन्छ। दशम भावमा मङ्गल भएमा कर्मक्षेत्रमा सफलता र प्रतिष्ठा दिने मानिन्छ। मङ्गल शुभ भएमा भएमा रक्षक र योद्धा हुन्छ। मङ्गल अशुभ भएमा विनाशकारी हुन्छ।
तृतीय र एकादश भावमध्ये कुनै एक भावमा मङ्गलग्रहको प्रभाव रहँदा दाजु-भाइमा आपसी वैमनस्य (शत्रुता), झैँ-झगडा र मनमुटाव हुन्छ। एउटा हात कमजोर कमजोर हुनसक्छ। शरीरका जोर्नी (हाड-जोड) राम्रोसँग काम नगर्ने हुन्छ। रगतको कमी वा रगत अशुद्ध हुने समस्या हुन्छ।
चौथो भावमा मङ्गल भएमा
मानसिक अशान्ति, घर-जग्गा र आमासँग समस्या हुन्छ। आठौँ भावमा मङ्गल भएमाः दुर्घटना, दीर्घरोगी, आकस्मिक कष्ट र आयु सम्बन्धी चिन्ता हुन्छ। कमजोर मङ्गलको प्रभावमा त्यो पिँजडाभित्र थुनिएको सिंह जस्तै हुन्छ। शक्ति हुँदाहुँदै पनि सही रूपमा प्रयोग गर्न नसक्ने, आन्तरिक तनाव, रिस र असन्तुलन बढाउँछ।
मङ्गल र केतुको योग
रगत, आगो, हतियारबाट कष्टको सम्भावना, आकस्मिक दुर्घटना, हिंसात्मक प्रवृत्ति र शल्यक्रियाको योग बन्छ।
वैदिक मन्त्र
ॐ अग्निमूर्धा दिवः ककुत्पतिः पृथिव्या अयम्।
अपा℧ रेता℧ सिजिन्वति॥
पुराणोक्त मन्त्र
ॐ धरणी गर्भ सम्भूतं विद्युत्कान्ति समप्रभम्।
कुमारं शक्ति हस्तं तं मङ्गलं प्रणमाम्यहम्॥
मङ्गल गायत्री मन्त्र
ॐ अङ्गारकाय विद्महे शक्ति हस्ताय धीमहि, तन्नो भौमः प्रचोदयात्।
तान्त्रिक मन्त्र
ॐ अं अङ्गारकाय नमः।
बीज मन्त्र
ॐ हूं श्रीं भौमाय नमः
मङ्गल ग्रहलाई अर्घ्य दिने मन्त्र
रक्तप्रवालसंकाश जपाकुसुमसन्निभ।
महीसुत महाबाहो गृहाणार्घ्यं नमोऽस्तु ते॥
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे।
पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥
ज्योतिषशास्त्रको अनुसार कुण्डलीमा मङ्गल ग्रह पहिलो, चौथों, सातौँ, आठौँ र बाह्रौं भावमा रहनाले कुण्डलीमा मांगलिक दोषको निर्माण हुन्छ। यहिँ दोषको कारण जातकको विवाहमा ढिलाई वा समस्या हुन्छ। यस्तो मानिन्छ कि मांगलिक दोष भएका जातकले मांगलिक दोष भएको व्यक्तिको साथ नै विवाह गर्नुपर्छ।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका